भीमसेन लामाद्वारा निर्देशित ब्रिटिस फिल्म कामा युके र आयरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ। फिल्म मार्च ७ मा २ सय ६० बढी सिनेमा घरमा रिलिज हुने दाबी गरिएको छ।
युकेका विभिन्न स्थानमा खिचिएको फिल्ममा विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ। फिल्ममा हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा छन्।
स्व. बिसारद बस्नेत कथा, हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीको स्क्रिप्ट रहेको फिल्मले इटलीमा सम्पन्न मिलान इन्टरनेसनल फिल्म मेकर फेष्टिभलमा सर्वाेत्कृष्ट फिल्म, स्क्रिप्ट, अभिनेता र अभिनेत्रीको अवार्ड जितेको थियो। त्यस्तै म्याड्रिड इन्टरनेसनल फिल्म फेष्टिभल–२०२४ मा अभिनेता ,सिनेमाटोग्राफर र सहअभिनेताको अवार्ड जितेको थियो।
फिल्म छिट्टै अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने जनाइएको छ।











प्रतिक्रिया