काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानका नागरिकलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।
फ्लाइ दुबईबाट ४ जनाको टोली नेपाल आएका मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता लालबाबु सुवेदीले बताए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको सुवेदीले जानकारी दिए ।











प्रतिक्रिया