हलिउड अभिनेत्री जेनिफर लोपेज र बेन अफ्लेकबीच हालै आधिकारिक रूपमा सम्बन्धविच्छेद भएको छ।
अमेरिकास्थित लस एन्जलस उच्च अदालतका न्यायाधीशले जनवरी ६ मा उनीहरूबीच भएको सम्बन्धविच्छेद सम्झौतालाई अनुमोदन गर्दै फेब्रुअरी २१ देखि लागू हुने गरी उनीहरू अलग भएको पैmसला सुनाएका छन्।
लोपेजले आफूहरूको २ वर्षको विवाह अन्त्य गर्न निवेदन दिएकी थिइन्। सम्बन्ध विच्छेदसँगै लोपेजले आफ्नो कानुनी नामबाट अफ्लेक थर हटाएकी छन्। उनीहरूबिचको अधिकांश आर्थिक विवरण भने गोप्य राखिएका छन्। यो सम्बन्धविच्छेदमा लोपेज र अफ्लेकले एकअर्कालाई पति÷पत्नी भरणपोषण तिर्नुपर्ने छैन भने उनीहरूका कुनै सन्तान नभएकाले अभिभावकत्व सम्बन्धी कुनै मुद्दा छैन।
यो जोडीको जुलाई २०२२ मा विवाह भएको थियो भने लोपेजले अगस्ट २०२४ मा सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिइन्। लोपेजको निवेदनमा उल्लेख भएअनुसार उनीहरू एक वर्षभन्दा धेरै अघि नै अलग भएका थिए। तर कानुनी रूपमा भने हालै अलग भएका हुन्। लोपेज र अफ्लेकको यो दोस्रोपटकको प्रेम सम्बन्ध हो। उनीहरूको पहिलो भेट सन् २००० को दशकको शुरूमा भएको थियो र सोही समयमा प्रेममा परेर इन्गेजमेन्ट गरेका थिए।
उनीहरूले सन् २००४ मा फिल्म गीग्ली र जर्सी गर्लमा सँगै अभिनय गरेका थिए। तर सोही वर्ष उनीहरू अलग भएका थिए। जसको मुख्य कारण सार्वजनिक दबाबलाई मानिएको थियो। तर दुई दशकपछि पुनः प्रेममा परेर विवाह गरेका उनीहरू दुई वर्ष नपुग्दै कानुनी रूपमा अलग भएका हुन्।
अफ्लेकले सन् २०१८ मा अभिनेत्री जेनिफर गार्नरसँग सम्बन्धविच्छेद गरेका थिए। उनीहरूको तीन सन्तान छन्। त्यस्तै चारपटक विवाह गरेकी लोपेजको गायक मार्क एन्थोनीका साथ जुम्ल्याहा सन्तान छन्।











प्रतिक्रिया