आर्मी र माउन्टेन मुभर्सलाई उपाधि


काठमाडौं।

नेपाल आर्मी र माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । आर्मी पुरुष तथा मुभर्स महिलामा च्याम्पियन बने । दुवै अपराजित रहँदै उपाधि जित्न सफल भएका हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषको फाइनलमा आर्मीले प्ले बक्सलाई १११–७१ को फराकिलो अन्तरले पराजित ग¥यो । यो प्रतियोगिताकै सर्वाधिक स्कोर हो । आर्मीका निश्चल महर्जनले २८ अंक जोडे ।
पहिलो क्वार्टरमा ३३–१८ को अग्रता लिएको आर्मीले अन्तिमसम्म त्यसलाई कायम राख्यो । आर्मीले दोश्रोमा २९–२०, तेश्रोमा २७–२२ र चौथोमा २२–११ को प्रदर्शन ग¥यो । उपाधिसंगै आर्मीले १ लाख तथा प्ले बक्सले ५० हजार नगद पुरस्कार हात पारे ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा मुभर्सले कीर्तिपुरलाई ६२–५० ले हरायो । मुभर्सकी सम्झना शाहले १५ स्कोर गरिन् । राउन्ड रोविन लिमा पनि कीर्तिपुर मुभर्ससंग चुकेको थियो ।

मुभर्सले पहिलो क्वार्टरमा २०–१४, दोश्रोमा १८–१० र तेश्रोमा १८–१३ को अग्रता लिनुनै जितको मुख्य आधार बन्यो । चौथो क्वार्टर कीर्तिपुरले १३–६ को आफ्नो पक्षमा पारेपनि जितका लागि पर्याप्त भएन । विजेता मुभर्सले ५० हजार तथा उपविजेता कीर्तिपुरले २५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा भुमर्सकी छिरिङ छोकी शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विनोदले २० हजार तथा छिरिङले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुषमा अयोजक नखिपोटका सर्जोक पुन मगर तथा महिलामा आईएसए नेपालकी मिली लामा तामाङ उदीयमान खेलाडी चुनिए । दुवैलाई जनही ५ हजार नगद पुरस्कार दिइयो ।