काठमाडौँ ।
भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।
कोहलीले २८७ औं इनिङमा १४ हजार एकदिवसीय रनको कोशेढुङ्गा पूरा गरेका हुन् ।
कोहलीले कम इनिंगमा १४ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । यस अघि भारतकै सचिन तेन्दुलकरले ३५० इनिंगमा र श्रीलंकाका कुमारा संगाकाराले ३८७ इनिंगमा १४ हजार रन पुरा गरेका थिए । साथै कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि सचिन र कुमारा संगाकाराले १४ हजार रन बनाएका थिए ।











प्रतिक्रिया