प्रतिक र यशस्वीलाई कुल चेसको उपाधि


काठमाडौँ।

प्रथम बज्रबाराही अन्तर काठमाडौं भ्याली चेस प्रतियोगितामा प्रतिक सुवेदी र यशस्वी शर्माले उपाधि जितेका छन् ।

मनकामना सेकेण्डरी स्कूलका छात्र प्रतिक ६.५ अंक जोडेर पहिलो भएका हुन् । गोदावरी नगर बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताको छात्रातर्फ मेधा सेकेण्डरी स्कुल, भक्तपुरकी यशस्वीले ६.५ अंक जोडेर पहिलो स्थान प्राप्त गरिन् ।

काठमाडौं भ्यालीका ६० विद्यालयको कूल १२० विद्यार्थी सहभागी प्रतियोगितामा उत्कृष्ट हुँदै दुबैले ४÷४ हजार नगद पुरस्कार प्राप्त गरे । छात्रतर्फ पुष्प सदनका हार्दिक पन्त ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोश्रो भए । एक्सेलसर स्कूलका श्रीजित श्रेष्ठ तेस्रो भएका छन् ।

यस्तै छात्रतर्फ ग्रीनहिल स्कूलकी एञ्जल महर्जनले ६ अंक जोडेर दोस्रो भइन् । अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ ५.५ अंक बनाएर तेस्रो स्थानमा रहिन् । दुबै विधाका दोस्रो र तेस्रो भएका विद्यार्थीले क्रमशः २ हजार र १ हजार नगद प्राप्त गरे ।

यसैगरी गोदावरी नगरवाट बज्र एकेडेमीका बिभव जोशी, लालीगुराँस स्कूलका विभिन गुरुङ र विराट जंग शाही क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् । महिला तर्फ लालीगुराँसकी कामना थापामगर, किटिनिकी नन्दलक्ष्मी खड्का र पेरिशा पहरी क्रमशः दोस्रो र तेस्रो भए ।