काठमाडौँ।
प्रशिक्षक तथा पूर्व फुटबलर हरिओम श्रेष्ठको हृदयघातका कारण ५४ वर्षको उमेरमा निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार आइतबार वीर अस्पतालमाउ पचारका क्रममा उनको निधन भएको हो ।
श्रेष्ठ पछिल्लो समय ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मा आबद्ध थिए । उनको प्रशिक्षणमा एनआरटी बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको थियो । श्रेष्ठले मनाङ मस्र्याङदी, थ्री स्टार, आरसीटी, एनआरटीजस्ता ए डिभिजन क्लबबाट खेलेका थिए ।
श्रेष्ठले राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । यस्तै, नेपाली उमेर समूहका राष्ट्रिय टोली र ‘ए’ डिभिजन क्लबहरू पनि सम्हालेका थिए । उनको आजै अन्तिम संस्कार गरिने एन्फाले जनाएको छ ।











प्रतिक्रिया