रंगका कारण फिल्मबाट निकालिएकी थिइन् हिना


बलिउड फिल्म नगरीमा रंगभेदको आरोप लागिरहने गर्दछ। यस्तैमा भारतीय टेलिभिजन एक्ट्रेस हिना खानले आपूm कालो रंगको भएकै कारण फिल्मबाट हात धुनु परेको खुलासा गरेकी छन्।


हिनाले इम्तियाज अलीको फिल्म लैला मज्नूमा शुरूमा आफूलाई अफर गरिए पनि पछि हटाइएको खुलासा गरेकी छन्। हिनाले आप्mनो स्किन कलरका कारण आफूलाई सो फिल्मबाट हटाइएको भारतीय सञ्चार माध्यमसँग खुलासा गरेकी छन्। बलिउड लाइफले जनाएअनुसार लैला मज्नुका निर्माताका लागि हिना पहिलो छनौटमा थिइन्।

जसमा अविनाश तिवारी मुख्य भूमिकामा थिए। तर अन्तिम समयमा फिल्मबाट आफूलाई हटाएर तृप्ति डमरीलाई लिइएपछि आप्mनो दिल टुटेको उनले बताएकी छन्। हिनाका अनुसार फिल्मको कथा एक कश्मीरी केटीको भएकाले गोरो अनुहारका लागि तृप्तिलाई लिइएको थियो। उनका अनुसार निर्माताले उनलाई कश्मीरी केटीजस्तो नदेखिएकाले काम गराउन नसक्ने बताएका थिए। जबकी हिना कश्मीरी परिवारबाटै थिइन्।

हिनाले आफू निर्माताको कुरा सुनेर हैरान भए पनि दिक्दार नभएको र अघि बढेको बताएकी छन्। लैला मज्नु २०१८ में रिलिज भएको थियो र बक्स अफिसमा खराब व्यापार गरेको थियो। पछि २०२४ मा रिरिलिज गरिएको फिल्मले राम्रो व्यापार गरेको थियो।
हिना स्टेज ३ ब्रेस्ट क्यान्सरसँग जुधिरहेकी छिन्। यति प्राणघातक समस्यासँग जुधिरहँदा पनि उनी काम गरिरहेकी छिन्। उनको प्रेमी राँकी जैसवालले पनि उनको स्वास्थ्यको ख्याल राखिरहेका छन्। हिना क्यान्सर कीमोथेरेपी र कामको बीच तालमेल बनाएर अघि बढिरहेकी छिन्।