स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

१९ गतेदेखि निर्वाचन प्रक्रिया सुरु

2.44k
Shares

काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका सार्वजनिक भएसंगै यही फागुन १९ गतेदेखि स्ववियु कामचलाउ हुनेछ ।

आगामी ५ चैतमा हुने चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय १९ फागुनका लागि तोकिएको छ ।

त्यस्तै २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।यस्तै २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ ।

यसअघि त्रिविले फागुन १ गते निर्देशिका सार्वजनिक गरेको थियो।

निर्देशिकामा निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष र ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५ जना समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १,सहायक सचिव र ३ जना सदस्य चुनिने व्यवस्था छ ।

निर्देशिकामा जिल्लामा निर्वाचन पर्यवेक्षण गर्न नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि रहेको ३ सदस्यीय समिति गठन हुने उल्लेख छ । निर्धारित मितिमा कुनै कारणवस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र अर्को मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । यसअघि २०७९ सालको निर्देशिकामा स्थगित भएको ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था थियो ।

हेर्नुहोस् तालिका :