काठमाडौँ।
संसद्को राज्यव्यवस्था समितिले निजामती विधेयकमा विवादित विषय टुंग्याउन ११ सदस्यीय उपसमिति गठन गरेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूको संयोजकत्व ११ सदस्यीय उपसमिति गठन गरिएको हो।
समितिका अन्य सदस्यमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ल र हितराज पाण्डे छन् । समितिलाई एक महिनाको समय दिइएको छ ।
आजको राज्यव्यवस्था समितिको बैठकमा सभापति रामहरि खतिवडाले उपसमितिमा रहने नाम प्रस्ताव गरेका थिए भने समितिको एउटा बैठकमा एक दफा पनि नटुंगिएको भन्दै उपसमिति गठन गर्नुपर्नेमा सदस्यले जोड दिएका थिए ।











प्रतिक्रिया