काठमाडौँ।
पाथीभरामा केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि झडप भएको छ । झडपमा प्रहरीका ११ जना र प्रदर्शनकारीतर्फ एकजनासहित १२ जना घाइते भएका छन् ।
‘नो केबलकार’ अभियानका समर्थकहरूले वृहत् सद्भाव र्याली निकाल्दै केवलकारको बेस स्टेसनसम्म पुगेका थिए। उनीहरूले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो।
आन्दोलनकारीहरूले जबरजस्ती अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्यो। सोही क्रममा दुवै पक्षबिच ठेलमठेल हुँदा झडपको अवस्था सिर्जना भएको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो। प्रदर्शनकारीहरू झन् आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोगगरेको हो।











प्रतिक्रिया