हासोले भरिएको फेरि रेशम फिलिली


महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्म फेरि रेशम फिलिलीको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ।

३ मिनेट ७ सेकेण्डको ट्रेलर अमेरिकाको भिषा लागेको एक युवा र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको छ। हास्यरसले भरिपूर्ण ट्रेलरले दर्शकलाई कमेडीको फूल मनोरञ्जन दिनसक्ने संकेत गरेको छ।

निरोज महर्जनद्वारा निर्देशित फिल्मको ट्रेलरले झण्डै १० वर्षअघि रिलिज रेशम फिलिलीको यो नयाँ सिक्वेलले कमेडीको तड्का दिने जनाउ दिएको छ। यसको अघिल्लो सिक्वेल रेशम फिलिली हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेलको हाजमोला क्यारेक्टरले दर्शकलाई ताजगी दिलाउने ट्रेलरले देखाएको छ।


हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिचिमिचि हसाउने सम्भावना छ। झण्डै ३ दर्जनबढी पात्रको सेरोफेरोमा घुम्ने फिल्मको परिस्थितिजन्य कमेडी दर्शकका लागि रूचिकर हुनेछ।


विनय श्रेष्ठ, सुपुष्प भट्ट, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङदेल, रविन्द्र झा, कामेश्वर चौरासिया, मेक्सम गौडेल, महेश त्रिपाठी, एवनराज उप्रेती, सजन थापालगायतलगायतले अभिनय गरेको फिल्ममा निर्देशक महर्जनको कथा, निर्देशक महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बांस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत, नरेश किङ योगीको द्वन्द्व निर्देशन, सुसन प्रजापतीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको ब्यानरमा रौनक विक्रम कडेलद्वारा निर्मित फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनि थापा सह–निर्माता रहेका छन्।