काठमाडौं ।
भारतको ओडिसा राज्यको केआइआइटीमा बीटेक तेस्रो वर्षमा पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’मा जोडिएका एक युवक पक्राउ परेका छन् ।
सोमबार उक्त घटनामा भारतीय युवक अदभिक श्रीवास्तव पक्राउ परेका भारतीय मिडिया संवादले जनाएको छ ।
मृतक लम्सालले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा श्रीवास्तवको बारेमा उजुरी दिएकी थिइन् । तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूको गुनासो छ ।
कलेजले भने लम्सालले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।
आइतबार लम्साल कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरु विद्यार्थीलाई कलेजबाट निष्काशित गरिएकाे छ ।











प्रतिक्रिया