अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज


काठमाडौं ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । अर्थमन्त्री पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि स्वास्थ्य उपचार सामान्य बन्दै गएको छ। उनमा जलनको घाउ निको हुँदै गए पनि उच्च रक्तचापको समस्या भएकाले उनलाई थप केही दिन उपचार गराइने अस्पतालले जनाएको छ।

आचार्यसँग हुने भेटघाट पनि सङ्क्रमण जोखिम कम गर्न बन्द गरिएको छ। उनको उपचारमा डा.प्रवीण गिरी लगायतका सघन उपचार कक्षको टोली खटिएको छ।

पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्य सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए।