कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना : ३ जनाको मृत्यु, ५ जना घाइते

564
Shares

काठमाडौं ।

भारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको तीर्थालुको सवारी दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ ।

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ भने चालकसहित पाँच जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्मा रहेकी छन् ।

घाइते हुनेमा देवदह भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् ।

गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ ।