मेष: दिन शुभ छ । धन लाभ, विद्या प्राप्ति, शत्रु विजय, खेल–परीक्षामा सफलता होला ।
वृष: दिउँसोसम्म कार्यमा बाधा, वायुजन्य रोग तर त्यसपछि पैसा प्राप्ति, सफलता हुने देखिन्छ ।
मिथुन: समय अनुकूल छैन । कार्य असफल, सन्तान कष्ट, आर्थिक क्षति नहोला भन्न सकिन्न ।
कर्कट: मध्याह्नसम्म उन्नति–प्रगति भए पनि त्यसपछि अपच, तनाव हुन सक्छ । सजग रहनुहोला ।
सिंह: धन नाश, असन्तोष हुन सक्छ तर दिउँसोदेखि लाभ, मान–सम्मान, प्रगति हुने देखिन्छ ।
कन्या: शुरुमा धन प्राप्ति, उत्तम भोजनको सम्भावना भए पनि दिउँसोबाट चिन्ता हुन सक्छ ।
तुला: अस्वस्थता भए पनि दिउँसोदेखि धन प्राप्ति, कार्य सफल हुने सम्भावना देखिन्छ ।
वृश्चिक: मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हेला तर मध्याह्नबाट चोटपटकको सम्भावना छ ।
धनु: समय उत्तम छ । सन्तोष, कार्य सिद्धि, अन्नलाभ, विविध वस्तु वा सेवा प्राप्ति हुने देखिन्छ ।
मकर: शुरुमा राज्यबाट भय, अपयश होला तर दिउँसोदेखि भने सुख–सन्तोष हुने देखिन्छ ।
कुम्भ: समय शुभ देखिँदैन । रोगको भय, धन हानि, राज्यबाट त्रास, प्रतिष्ठामा धक्का हुन सक्छ ।
मीन: पूर्वाद्र्ध धन लाभ, समस्या समाधान होला तर दिउँसोदेखि भने अस्वस्थता हुने सम्भावना छ ।











प्रतिक्रिया