सांसद शाहीविरुद्ध खेदप्रस्ताव पारित


काठमाडौं ।

राष्ट्रियसभाको बारेमा अन्टसन्ट लेखेर सामाजिक सञ्जालमा हाली उक्त सभा र राष्ट्रियसभाका सदस्यको मानमर्दन गर्ने राप्रपाका प्रमुख सचेतक तथा प्रतिनिधिसभाका सदस्य ज्ञानबहादुर शाहीविरुद्ध सर्वसम्मतिले खेद प्रस्ताव पारित गरिएको छ ।

आफूलाई जहिले पनि केन्द्रबिन्दुमा राखेर अरूको मानमर्दन गर्दै आएका सांसद शाहीले जथाभाबी बोलेपछि आइतबार बसेको राष्ट्रियसभाको बैठकले खेद प्रस्ताव पारित गर्दै आउँदा दिनमा कुनै पनि संस्था वा व्यक्तिको बारेमा टीकाटिप्पणी गर्नुअघि विचार पु¥याउन पनि बैठकले निर्देशन दिएको छ ।

राष्ट्रियसभाले सामाजिक सञ्जाल नियमन विधेयक पारित गरेपछि राष्ट्रियसभाका सांसदहरूलाई असभ्य भाषा प्रयोग गरी वृद्धाश्रम जानुपर्ने बाजेहरू राष्ट्रियसभामा गएको, मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पारित गरेको भन्दै राष्ट्रिय सभाका सदस्यहरूलाई धर्तीका केही दिनका पाहुनाहरू जस्ता शब्द प्रयोग गरेर आफ्नो पेसबुक पेजमा राख्नुभएको थियो ।


बैठकले सांसद शाहीलाई आगामी दिनमा अभिव्यक्ति दिँदा गम्भीर भएर दिन पनि निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’ सांसद शाहीले राष्ट्रियसभा नै अन्त्य गर्नुपर्ने जस्ता अराजक कुरा समेटेर फेसबुकमा अपलोड गर्नुभएको थियो ।