अर्थमन्त्रीलाई थप उपचारका लागि किर्तिपुर बर्न अस्पताल ल्याइयाे


काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएकाे छ।

पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पडकिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थप उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको हो । 

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ ।