गुल्मी।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र सङ्घर्षको परिणामले अहिले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताएका छन्।
धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र अन्य बलिदानका कारण नै अहिले गाउँगाउँसम्म सरकार बन्न र जनताका अधिकार स्थापित हुन सफल भएको बताए ।
“यो सामान्य सुधारात्मक परिवर्तन मात्रै होइन, गुणात्मक, युगान्तकारी र धेरै समयसम्म टिक्ने परिवर्तन हो”, अध्यक्ष दाहालले भने, “संविधानले पहिलो पटक नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको छ ।” संविधानमा जनताका अधिकार स्थापित भए पनि जनताको घरआँगनमा भने सोचेजस्तो खुसियाली नआएको उनको भनाइ थियो । आफू प्रधानमन्त्री हुँदा मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडकलगायत काम गरेको अध्यक्ष दाहालले उल्लेख गरे ।











प्रतिक्रिया