स्न्यापच्याटबाट अश्लिलता प्रदर्शन गर्न वाध्य पारी स्क्रिन रेकर्ड गर्ने २० वर्षीय युवक पक्राउ


काठमाडौं ।

सामाजिक सञ्जाल स्न्यापच्याटबाट पीडितलाई साथी बनाई फकाईफुल्याई अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न वाध्य पारी स्क्रिन रेकर्ड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

नाबालिकालाई दबाबमा पारी अनुचित लाभ लिन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने २० वर्षीय आयुष कुँवरलाई मंगलबार प्रहरीले पक्राउ गरेकाे हाे ।

पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आयुषलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।