काठमाडौँको चाबहिलमा २२ वर्षीय युवकको हत्या, ३ जना पक्राउ


काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक  युवकको हत्या भएको छ ।  आज (सोमबार) बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् ।

 छुरा हानेर उनको हत्या गरिएको  प्रहरी वृत्त गौशालाले जनाएको छ।  हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । 

घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।