काठमाडौँ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो।
१ हजार ५ सय प्रतिनिधि सहभागी महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
महाधिवेशन उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत उपस्थित छन्।











प्रतिक्रिया