मानसिक स्वास्थ्य उपचार केन्द्र ‘आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर’ को विस्तार


काठमाडौं ।

काठमाडौंको तिलगङ्गा स्थित मानसिक स्वास्थ्य समस्याको उपचार केन्द्र ‘आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर’ले सेवा विस्तार गरेको छ।

५ वर्ष अघि मनोसामाजिक समस्या भएकाहरूका लागि काउन्सिलिङ तथा साइको थेरापी सेवा सुरु गरेको अस्पतालले १५ शय्याको मानसिक अस्पतालका रूपमा विकास गर्दै सेवा विस्तार गरेको हो ।

अस्पतालको सेवा विस्तार कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ८ का  अध्यक्ष आशामान सङ्गतले अस्पतालको सेवा विस्तारका लागि शुभकामना दिदै साथ र सहयोग रहने बताए ।

मानसिक स्वास्थ्यको विश्व व्यापी रूपमा निकै जटिल समस्या भैरहेको र यस्तो अवस्थामा नेपालको काठमाडौं महानगरपालिका वडा नं ८ गौशालामा बिरामीको उपचार, परामर्श, थेरापी, व्यायाम लगायतको बिषयमा केन्द्रीत भै खुलेको “ आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर “ ले वडावासी तथा स्थानीयको लागि विशेष प्राथमिकता दिनुपर्छ। साथै वडा बासिले पनि यति राम्रो सोच र भावनाको कदर गर्दे सक्दो सघाउनुपर्छ।“ आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टर “ को उद्घाटन तथा विस्तार कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष आस्मान सङ्गतले उक्त भनाई राखेका हुन् । 

उनले शतप्रतिशत महिला मिलेर खोलेको यो अस्पतालको सफलताको कामना गर्दै महानगरपालिका र वडाले सक्दो सहयोग गर्ने बताए। सोही अवसरमा उनले संस्थालाई साथ सहयोग गर्ने र स्वयंसेवी रूपमा सघाउँदै आएका संस्था तथा व्यक्तिहरूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद  दिए। 

अस्पतालकी अध्यक्ष डा रचना शर्मा बस्नेतले अस्पतालले प्रमोसन, प्रिभेन्सन, ट्रिटमेन्ट र रिह्याविलिटेसन जस्ता सबै क्षेत्रमा काम गरिरहेको बताइन्। अस्पतालले उपचारमा ‘होलिस्टिक एप्रोच’ मेडिसिन, थेरापी काउन्सिलिङसँगै लगिएको जानकारी दिइन्।

त्यसैगरी आत्मन अस्पतालकी कार्यकारी निर्देशक साधना थापाले मानसिक स्वास्थ्यको प्रवर्धन तथा उपचार क्षेत्रमा सेवा दिने उद्देश्यले २०१९ मा काउन्सिलिङ र साइको थेरापीबाट सेवा सुरु गरी समग्र मानसिक स्वास्थ्य सेवाको रूपमा विकास गरिएको बताइन्। 

उनले अस्पताल संचालन गर्न अनुमति दिई निकै ठुलो सहयोग गर्नुहुने महानगरपालिका, नेपाल प्रहरी, श्रीमती सङ्घलाई विशेष आभार व्यक्त गरिन्। उनले भनिन्, ‘चुनौतीको रूपमा ’मानसिक स्वास्थ्य’ रहेको छ, न्यूनीकरणका लागि सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको मानसिक स्वास्थ्य सेवा प्रदायक संस्थाले सबैको साथ र सहयोगको अपेक्षा गर्दै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने  प्रमुख उद्देश्य राखेका छौं।’ 

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की, काठमाडौं विश्वविद्यालयका सहायक डीन डा दीपक कुँवर, त्रिवि अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सरोज ओझा तथा विश्व स्वास्थ्य सङ्गठनका मानसिक रोष विशेषज्ञ डा केदार मरहट्ठाले अस्पतालको सेवा विस्तारको लागि शुभकामना दिएका थिए।