काठमाडौं ।
सल्यान महोत्सवमा आगलागी भएको छ। सल्यानको शारदा नगरपालिका श्रीनगर बजारमा जारी दोस्रो बृहत सल्यान महोत्सवमा गएराति करिब ११ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
माघ १८ गतेबाट सुरु भएको महोत्सवमा भएको आगलागीमा परी ८० वटा स्टल जलेर नष्ट भएका छन्। आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सहयोगमा आगोलाई नियन्त्रणमा लिइसकिएको छ।
प्रतिक्रिया