काठमाडौं ।
नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवा र वीर अस्पतालबीच रगतको उपलब्धताका सम्बन्धमा सम्झौता भएको छ।
केन्द्रीय रक्तसञ्चार सेवा प्रदर्शनी मार्गमा सञ्चालनमा आएपछि छिमेकी संस्था वीर अस्पतालको बढ्दो मानव रगत र रक्त कोषको आवश्यकता पूर्ति गर्न टेवा पुग्ने गरी बिहीबार दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौता पत्रअनुसार चार बुँदे सहमति भएको छ।
साउन ०८२ देखि लागू हुने गरी रक्तसञ्चारले वीर अस्पताललाई थालेसेमिया, हेमोफिलिया र सिकलसेल एनिमियाका बिरामीहरूलाई साप्ताहिक चाहिने रगत तथा रक्त तत्त्व उपलब्ध गराउनेछ।
रगत र रगत तत्त्वको शुल्क नेपाल सरकारले तोकेको हुनेछ। प्रतियुनिट शुल्क एक हजार एक सय ६० कायम गरिएको छ।

प्रतिक्रिया