धनगढी ।
कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। गोदावरी नगरपालिका-११ गोठानकी २३ वर्षीया नीरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी मृत फेला परेकी हुन्।
दुवै जना बिहीबार साँझ झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उनीहरु आफ्नै कोठामा झुण्डिएको देखेपछि मृतकका देबरले छिमेकी र प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घटनास्थल पुग्दा छिमेकीले छोरी प्रिन्सीको पासो फुकालिसकेका थिए। मृतकका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन्।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया