काठमाडौं ।
काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट भएको छ। आज बिहान कमलपोखरीको सानदार मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा पनि १३ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको छ। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। घटनास्थलमा नेपाल प्रहरीको टोली खटिएको छ। ग्यास लिक भएर सिलिण्डर विष्फोट भएकाे हुन सक्ने प्रहरीले बताएको छ।
प्रतिक्रिया