पारि त्यो डाँडामापछि फेरि जालमा


काठमाडौं ।

आगामी फाल्गुन १४मा रिलिजमा आउने फिल्म फेरि रेशम फिलिलीमा समावेश फेरि जालमा बोलको गीत राजधानीमा हालै आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

८ वर्षअघिको फिल्म रेशम फिलिलीको सिक्वेलस्वरुप निर्माण भएको फेरि रेशम फिलिलीको यो गीतमा कालीप्रसाद बास्कोटा र सोमिया बराइलीको स्वर, मानस राजको शब्द रचना र रिकेश गुरुङको संगीत रहेको छ।

यो गीत रेशम फिलिलीको पारी त्यो डाँडामाको नयाँ भर्सनको रूपमा तयार पारिएको हो। गीतमा विनय श्रेष्ठ र सुपुष्पा भट्टसहित कोरस डान्सरलाई नृत्य गराइएको छ। निरज महर्जनले निर्देशन गरेको फिल्ममा कथा पनि उनकै छ।

विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरसिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, प्रकाश घिमिरे, मेक्सम गौडेल, महेश त्रिपाठी, एवनराज उप्रेती, सजन थापालगायतले अभिनय गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत, नरेश किङ योगीको द्वन्द्व निर्देशन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको ब्यानरमा रौनक विक्रम कँडेलद्वारा निर्मित फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनी थापा सह–निर्माता रहेका छन्।