न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त


काठमाडौं ।

वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्यमा नियुक्त भएका छन ।

 राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्यायपरिषद सदस्यमा नियुक्त गरेका हुन । उनी नेपाल बार एसोसिएसनको कोटाबाट न्याय परिषदका लागि सिफारिस भएका थिए । 

 बूढानीलकण्ठ नगरपालिका–४ निवासी खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।