नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन,को कहाँ ?


काठमाडौँ।

नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ। बढुवा भएर आइतबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएका एसपीहरुलाई आज जिम्मेवारी प्रदान गरिएको हो।

पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। तर, उनलाई काजमा जिल्ला प्रहरी परिसर काठमाडौँमा खटाउने निर्णय भएको छ। योगेन्द्र सिंह थापा सरुवा भएकाले उनको स्थानमा चन्दलाई काजमा खटाइने भएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टले जिम्मेवारी पाएका छन्। उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ। महेन्द्र कुमार श्रेष्ठको स्थानमा भट्टलाई काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

हेर्नुहोस् एसपी पदस्थापन तथा काजको सूची: