ग्रिनफिल्ड र जेसिस च्याम्पियन


काठमाडौं ।

वेस्टर्न रिजन अन्तरकलेज स्पोर्ट्स मिटको बास्केटबलमा ग्रिनफिल्ड र जेसिस च्याम्पियन बनेका छन्। वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लुलाई ५८–२१ ले पराजित गर्‍यो।

ग्रिनफिल्डका युनिक गुरुङले १५ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा जेसिसले समृद्धिलाई १०–७ ले हरायो । जेसिसकी विप्रिशा श्रेष्ठले ६ अंक जाडिन्।

भलिबलको ब्वाइजमा ग्रिनफिल्डले स्वर्ण तथा मनास्लुले रजत प्राप्त गरे। गर्ल्समा पनि ग्रिनफिल्ड पहिलो भयो। एडमार्क दोश्रो स्थानमा रह्यो ।

विजेतालाई काठमाडौं भ्याली कलेजका अध्यक्ष एवं हिसानका केन्द्रीय उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, हिसान काठमाडौंकी अध्यक्ष एवं अरुणोदयकी प्रिन्सिपल जेसिका चेम्जोङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।