काठमाडौं ।
फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
प्रतियोगितामा २० विद्यालयका २४ टोलीको सहभागिता रहने फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले बताए। जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक रामप्रसाद गौतमले बताए।











प्रतिक्रिया