काठमाडौं ।
ज्ञान निकेतन, नेरिक एकेडेमी र रोजबडले १० औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, नेरिक एकेडेमी जुनियर ब्वाइज र रोजबड सिनियर गल्र्समा च्याम्पियन बने।
बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित गर्यो। ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १३ अंक जोडे।
जुनियर ब्वाइजको फाइनलमा नेरिकले ज्ञान निकेतनलाई ३२–२२ ले हरायो। नेरिकका सविन खत्रीले १२ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रोजबडले मातृभूमिलाई १६–१४ ले पाखा लगायो। रोजबडकी अविस्का थापाले ८ अंक जोडिन्।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका सवाज मन्सुर खान, जुनियर ब्वाइजमा सविन खत्री र सिनियर गल्र्समा अविस्का थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेरिकका सुशल मगर, जुनियर ब्वाइजमा ज्ञान निकेतनका करण राई र सिनियर गल्र्समा मातृभूमिकी श्रृति कुटु प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।
सिनियर ब्वाइजमा क्याम्पियन काठमाडौं, जुनियर ब्वाइजमा काभ्या र सिनियर गल्र्समा नेपाल मेगाले अनुशासित टिमको उपाधि हात पारे । माघ १३ गतेदेखि शुरू भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा १० र सियिनर गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।











प्रतिक्रिया