काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका लामिछानेले समाभुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् ।
उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ । उनले सभामुखसमक्ष बुझाएको निवेदनमा अदालतले आफूलाई थुनामुक्त गरेको उल्लेख गरेका छन् । सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
प्रतिक्रिया