विना निष्कर्ष सकियाे कांग्रेस संसदीय दलको बैठक


काठमाडौँ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सक्नेगरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरुको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ । सांसदहरुको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरु, पदाधिकारीहरु र नेताहरुले बोल्ने क्रम बाँकी छ । यो संसदको बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्नेगरी बैठकलाई स्थगन गरिएको छ ।’