माओवादीले बोलायो संसदीय दलको बैठक


काठमाडौँ । 

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आव्हान गरेको छ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आव्हान गरेको हो ।

 सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले सञ्चार कर्मीलाई जानकारी दिए । 

माघ १८ गते सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेरहथुमलगायत पूर्वी पहाडी जिल्लाहरूको दुइ दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।