कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो ।

संसदमा विचाराधीन विधेयकमा छलफलसहितका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।​

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेबाट बस्दैछ ।