महाराजगन्ज चिकित्सा क्याम्पसका निमित्त प्रमुख उप्रेतीले दिए राजीनामा 


काठमाडौँ। 

 महाराजगन्ज चिकित्सा क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्रा डा सुरेश उप्रेतीले पदबाट राजीनामा दिएका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले  महाराजगन्ज चिकित्सा क्याम्पसको क्याम्पस प्रमुखको आवेदन माग गरेकै समयमा उनले राजीनामा दिएका हुन्। 

 विद्यार्थीहरूले दबाब दिएपछि  उनले राजीनामा दिएको र अब उक्त जिम्मेवारीमा नफर्किने बाचासमेत उनले गरेको विद्यार्थीहरूले बताएका छन् ।

यस अघि सहायक क्याम्पस प्रमुख तथा विभागीय प्रमुख रहेका बेला उनले हाडजोर्नि विषयमा चौथो वर्ष अध्ययनरत विद्यार्थीलाई  राम्रो नम्बर ल्याउँदा पनि  प्रयोगात्मक परीक्षामा फेल गराएको पाइएको डा. पुष्पराज भामले बताए।

हाल उनी नयाँ  क्याम्पस प्रमुखको दौडमा दाबेदार थिए । तर, विद्यार्थीहरूले नैतिक रुपमा पतित भैसकेको व्यक्ति क्याम्पस प्रमुखमा बस्न योग्य नहुने भन्दै  प्रश्न उठाएपछि उनले राजीनामा दिएका हुन्।