सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं।

तनहुँ, व्यास नगरपालिका-१२ तल्लो छिर्कनस्थित सडकमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग.प्र.००३-००१ प ०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ऋषिङ गाउँपालिका-६ चालिसे घर भई व्यास नगरपालिका-५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधु माया आलेको घटनास्थलमै मृत्यु भएको छ ।

गोरखा, पालुङटार नगरपालिका-५ लामागाउँस्थित सडकमा बा.८२ प २१९९ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक अजिरकोट गाउँपालिका-३ भच्चेक घर भई पालुङटार नगरपालिका-५ हवाइग्राउण्ड डेरा गरी बस्ने २४ वर्षीय सुरेश गुरूङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।