काठमाडौं ।
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका-६ चालिसे घर भइ हाल व्यास नगरपालिका-५ पाटन बस्दै आएका १९ वर्षीय सन्दिप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले रहेका छन्।











प्रतिक्रिया