काठमाडौं ।
आईसीसी यू-१९ महिला विश्व कपको आफ्नो दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डको सामना गर्दैछ । मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो १२: १५ बजे सुरु हुनेछ।
पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ। नेपालले पहिलोपटक यू- १९ महिला विश्वकप खेलिरहेको हो। नेपाल समूह डी मा रहेको छ । यो समूहमा नेपालसँगै बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलिया छन्।











प्रतिक्रिया