देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष हो : मन्त्री यादव

5.36k
Shares

काठमाडौँ।

खानेपानीमन्त्री प्रदीप यादवले आफू नेपाली नागरिकको सेवाका लागि सधै तम्तयार रहेको र आफ्नो उदेश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिने बताएका छन् ।

आज पर्सा जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देश विकास र नागरिकको सेवा गर्नु नै आफ्नो प्रमुख उदेश्य अनि लक्ष रहेको बताएका हुन् । उनले भने, “म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष हो ।”

सोही क्रममा मन्त्री यादवले नागरिकको सेवाका लागि आफूले राजनिती सुरु गरेको बताउदै देशको विकास र नागरिकको खुशी नै आफ्नो खुशी भएको बताए। “मैले जति सक्छु नागरिकको सेवाका कामहरु गर्दै आएको छु । नागरिकका खानेपानीको समस्या समाधान गर्नु मेरो प्रमुख लक्ष हो । जो म अन्त्य गराएरै छाड्ने छु ।” उनले भने ।

यसैगरी मन्त्री यादवले आफू खानेपानीमन्त्री भएपछि देशका विभिन्न दुर्गम तथा ग्रामिण क्षेत्रमा स्थलगत रुपमा खानेपानीका समस्याका विषयमा जानकारी लिएको र कतिपय ठाउँहरुमा अहिले पनि नागरिकले खानेपानी डोकोमा बोक्नु पर्ने बाध्यता रहेको पाएकाले त्यसका निकट भविष्यमै समाधान गर्ने प्रण गरेको दाबी गरे ।

उनले भने, “जलस्रोतको धनी देशमा पानी देउ सरकार भन्दै नागरिकले आन्दोलन गर्नुपर्ने अनि डोकोमा पानी बोकेर खानु पर्ने अवस्था आफैमा दुखद हो । अब त्यसको अन्त्य गराउनका लागि एक घर एक धाराको व्यवस्था गर्न म लागि परेको छु ।”

उक्त कार्यक्रममा नेपाल परिवारदलका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पल्टनप्रसाद कुर्र्मी सहित एक सय जना जनता समाजवादी पार्टी (जसपा)प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले पर्सामा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरेका थिए ।

नेपाल परिवारदलबाट जसपा प्रवेश गर्ने अन्य नेताहरुमा जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव अमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबे तथा राष्ट्रिय सल्लाहकार शिवनाथ राउत रहेका छन् । जनता समाजवादी पार्टी मधेसका नागरिकको हकहितमा सर्मपित रहेकाले आफूहरुले पुरानो पाटी नेपाल परिवारदल छाडेर जसपा प्रवेश गरेको बताएका थिए ।