काठमाडौँ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।
किसान आयोगको ८ औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए । अहिले पनि धेरै परिवार कृषिमा लागेका छन्। तर, ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ , मन्त्री अधिकारीले भने ।
बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी छ , मन्त्री अधिकारीले भने । यसका लागि तिनै तहका सरकारको सामूहिक प्रयास जरुरी छ ,मन्त्री अधिकारीले भने।
कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ। तर, हामीले खाने आन्न तरकारीले रोग निम्त्याईरहेने अवस्था आउनु हुँदैन ,मन्त्री अधिकारीले भने । अब विषादी न्यूनीकरण गर्ने तर्फ पनि सबैको प्रयास जरुरी छ, मन्त्री अधिकारीले बताए ।











प्रतिक्रिया