योग गुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

20.87k
Shares

काठमाडौं ।

भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको भारतीय मिडियाले जनाएकाे छ ।

रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पालक्कड जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।