काठमाडौँ।
गएको बिहीबार मध्यरातमा २४ क्याम्पस प्रमुख नियुक्ति भएदेखि त्रिविका उपकुलपति प्राडा केशरजंग बराल कार्यालय पुगेका छैनन् । नेपाल विद्यार्थी संघले बन्द भएको ढोकामा २९ गते विभिन्न नारा लेखेको हस्तलिखित पम्प्लेट टासिएको थियो । सोही दिनबाट उपकुलपति प्राडा बराल कार्यालय टेकेका छैनन् ।

‘उहाँका कार्यकक्षमा पनि होइन, ढोकामामात्र विरोधपत्र टास्दापनि उँहा कार्यालय आउन छाड्नुभएको हो , अहिले उहाँ कार्यालय आउन छाडेर वर्कफर होममा हुनुहन्छ’–स्रोतले न्युज अफ नेपालसंग भन्यो । नेविसंघ त्रिवि इकाईले उपकुलपति, रेक्टर र रजिस्टारलाई तथानाम लेखेर पत्र टाँसेका थिए । उनीहरुले मेरिटोक्रेसि हराएको आरोप लगाएर पम्प्लेट टाँसेका हुन् ।

‘एकसाता भयो उपकुलपति ज्यू कार्यालयमा नआउनुभएको, केही प¥यो कि कर्मचारीलाई बोलाएर घरबाटै काम गर्न थाल्नुभएको भन्ने सुनेका छौ–एक उच्च अधिकारीले भने











प्रतिक्रिया