पूर्वडीआईजी जोशी अदालतमा उपस्थित


काठमाडौँ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भगाएका जोशी आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भएका हुन्।

जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएको छ । खरेलको इजलामा जोशीको बयान र थुनछेक बहस हुनेछ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । उनी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।