सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला आठ सय र चाँदी प्रतितोला ३० घटेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला  एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला  एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो।