रास्वपा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई


काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिएको छ । कार्यवाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त हुने भएपछि  रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि रावल सह–प्रवक्ता थिइन्। 

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले २७ दिनको लागि रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन् ।

यही माघ ३ गतदेखि ३० गतेसम्म कार्यवाहक प्रवक्ता झा निजी काममा व्यस्त हुने भएपछि रावललाई अर्को कार्यवाहक प्रवक्ता तोकिएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।