काठमाडौं ।
संसदका विपक्षी दलको संयुक्त बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा बस्न लागेको हो।
बैठकपछि आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ। गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो।
बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो। सरकारले अध्यादेशमार्फत केही विवादास्पद कानुनहरू संशोधन गरेपछि विपक्षी दलहरू सरकारप्रति कडा नीति लिने देखिएको छ। सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत स्वेच्छाचारी ढंगले शासन चलाउन खोजेको भन्दै विपक्षी दलले सरकारलाई नियमित हिउँदै अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने तयारी गरेका छन्।
सरकारले तुरुन्तै हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारीसमेत विपक्षी दलबीच भएको छ।











प्रतिक्रिया