शान्ति हाम्रो जीवनको आवश्यकता हो

846
Shares

शान्ति हरेक मानिसको एउटा अभिलाषा हो । आफ्नो जीवनमा हरेक मानिसले शान्तिको चाहना राख्छ । तथापि, सत्य कुरा केचाहिँ हो भने शान्ति मानिसभित्रै छ । शान्ति त मानिसभित्रै छ तर मानिसले जे जति कुरा खोजिरहेको छ त्यो त उसले बाहिरै खोजिरहेको छ। यसर्थ त्यसबाट जे परिणाम निस्के पनि उसले त्यसलाई बाहिरै प्राप्त गर्ने चाहना राखेको हुन्छ। भित्रको कुरा त भइरहेकै छैन । मानिस आ–आफ्नै कुरामा व्यस्त छन्।

शान्ति उनीहरूको एउटा अभिलाषा हो अनि उनीहरूले आफ्नो जीवनमा शान्तिकै चाहना राखेका हुन् । यदि शान्ति हामीभित्रै छ भने हामीले किन त्यसलाई भेट्टाउन सक्दैनौँ ? त्यस चिजलाई किन हामीले साक्षात्कार नगर्ने ? रामायणको एउटा छोटो पङ्क्ति छ :
मानिसको शरीर भवसागर तर्ने डुङ्गा हो ।
यो श्वासको आवागमन नै मेरो कृपा हो ।

यसको अर्थ के हो भने, यो मानिसको शरीर यो भवसागरबाट पार हुने एउटा साधन हो । अनि, यो श्वासको आउनु–जानु नै मेरो कृपा हो । यदि हामीले केवल यो भागलाई आफ्नो जीवनमा उता¥यौँ भने पनि काम बन्छ । हाम्रो जीवनमा हजारौँ समस्या छन् । यति हुँदाहुँदै पनि एक मिनेटका लागि हामीले धैर्य गरेर आफ्ना सबै समस्यालाई एकातिर राख्यौँ भने ‘यो मानिसको शरीर हामीले पाएका छौँ र यही मानवशरीर यो भवसागरबाट पार तर्ने एउटा साधन हो’ भन्ने कुरालाई बुझ्छौँ ।

यो श्वासको आउनु–जानु नै उनको कृपा हो । हामी सृष्टिकर्ताको कृपा चाहन्छौँ । परमेश्वरको कृपा चाहन्छौँ । मानिसहरू मनोकामना पूरा होस् भनेर प्रार्थना गर्छन् । होइन, यो नयाँ कुरा होइन । यी सबै पहिला पनि भइसकेका कुरा हुन् अनि त्यो के कुरा हो ? मनोकामनाहरूलाई पूरा गर्नुपर्छ भन्ने कुरा होइन । इच्छाहरूलाई पूरा गर्नुपर्छ भन्ने कुरा होइन । तपाईँलाई एउटा जीवनरूपी उपहार प्राप्त भएको छ । तपाईँलाई त्यसैले चलाउँछ । बच्चा जन्मेपछि आमाबाबाले उसले श्वास लिइरहेको छ या छैन भनेर हेर्छन् ! हुन त सबैभन्दा पहिला मानिसहरूमा छोरा हुन्छ या छोरी भन्ने मत्त्वाकाङ्क्षा हुन्छ । बच्चा जन्मिएपछि आमाबुबाको ध्यान केवल एउटै कुरामा केन्द्रित हुन्छ– छोरो भयो, छोरी भइन् भन्ने कुरामा होइन ! केवल श्वास लिइरहेको छ या छैन भन्ने कुरामा ध्यान जान्छ ।

हामी सबै जीवनमा विजय हासिल गर्न चाहन्छौँ । हामी दुःखमा पनि विजय प्राप्त गर्न चाहन्छौँ अनि सुखमा पनि । जीवनमा जति पनि चुनौतीहरू आउँछन्, ती सबैमा हामी जित होओस् भन्ने चाहन्छौँ । तर, यदि हामी आफूले आफैँमा विजय हासिल गरेनौँ भने सबै कुरा निरर्थक हुनेछ।

तपाईँले याद गर्नु आवश्यक छैन । तपाईँले कुनै बटनलाई थिच्नु आवश्यक छैन । तपाईँले कतै पहाडमाथि चढ्नु आवश्यक छैन । तपाईँले सृष्टिकर्तासँग प्रार्थना गर्नु पनि आवश्यक छैन । श्वास आइरहेको छ, गइरहेको छ । आउने र जाने क्रम चलिरहेसम्म चिन्ता हुँदैन । सोच्नुपर्ने कुरा के हो भने, कोही जन्मिनासाथ हाम्रो मनमा श्वास आइरहेको छ या छैन भन्ने कुराको चिन्ता हुन्छ । अर्कोतिर जब कोही मानिसले अन्तिम श्वास लिएपछि अस्पतालमा उसको अन्तिम परीक्षण हुन्छ– त्यतिखेर पनि ऊ जीवित छ या छैन भन्ने चिन्ता हुन्छ । अन्तिम जाँच ! ऊ श्वास लिइरहेको छ या छैन !

विडम्बना के हो भने, बाहिरका सबै चिजहरू हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण भइदिन्छन् । हामीले आफ्ना चाहनाहरूका बारेमा त निकै राम्रोसँग बुझेका पनि हुन्छौँ तर हाम्रा आफ्नै आवश्यकतालाई त्यति धेरै बुझेका छैनौँ । तपाईँले यी चिजलाई दुई भागमा बाँड्नुहोस्– तपाईँको आवश्यकता के हो र तपाईँको चाहना के हो ? तपाईँलाई भोजनको आवश्यकता छ । यदि तीन हप्तासम्म तपाईँले खाना पाउनुभएन भने तपाईँ भोकले मर्नुहुनेछ । पानीविना तपाईँको शरीर अधुरो रहनेछ । यी तपाईँका अत्यावश्यक चिज हुन् । तपाईँ के चाहनुहुन्छ ? त्यो कार चाहिएको छ, त्यो टेलिभिजन चाहिएको छ, यो चाहियो, त्यो चाहियो । तर कुरा के हो भने, तपाईँलाई त्यस चिजको आवश्यकता छ जसको अभावमा तपाईँ जिउनै सक्नुहुन्न । तपाईँका इच्छाहरू पूरा होऊन् या नहोऊन् तर तपाईँ जीवित रहन सक्नुहुन्छ ।

मैले तपाईँलाई आफ्नो आवश्यकता पूरा गर्नुहुँदैन भन्न खोजेको होइन । तथापि, हाम्रो आवश्यकता के हो र इच्छा के हो भन्ने कुराका बीचमा फरक सधैँ छुट्याउनुपर्छ । चाहना परिवर्तन हुन्छ तर तपाईँले खाना खानुपर्ने आवश्यकता बदलिँदैन । तपाईँले श्वास लिनुपर्ने कुरा बदलिँदैन । यदि हामीले यो भेदलाई बुझ्यौँ भने फेरि अर्को एउटा प्रश्न उब्जिन्छ । शान्तिको अनुभव गर्ने कुरा हाम्रो चाहना हो या हाम्रो आवश्यकता हो ? कतिपय मानिसले शान्ति हाम्रो चाहना हो भन्छन् । तर, यदि हामीसँग शान्ति छैन भने हामी मूलरूपमा ती तीनवटा कुरा मात्र गरिरहेका छौँ– खाना खाइरहेका छौँ, पानी पिइरहेका छौँ अनि जीवित छौँ । जीवनमा सबैभन्दा मत्त्वपूर्ण कुरा के हो भने, शान्ति आवश्यकता हो, चाहना होइन ।

आफूले आफूलाई चिन्नुहोस् ! आफूले आफूलाई चिन्नु भनेको के हो भने, तपाईँ त्यो डुङ्गा हुनुहुन्छ, त्यो भवसागरबाट पारि जाने साधन हुनुहुन्छ । अनि, त्यो तपाईँभित्र आउने–जाने गरिरहेको श्वास सबैभन्दा ठूलो कृपा हो । यसर्थ तपाईँको जीवनमा कृतज्ञता र आभार एकदमै महत्त्वपूर्ण कुरा हो । यथार्थमा यसको अर्थ के हो भने, तपाईँको जीवनमा आभार भएमा तपाईँका अघि जेसुकै भए पनि, तपाईँका सामुन्नेमा जेसुकै भए पनि तपाईँले त्यसको राम्रोपनलाई स्वीकार गरिरहनुहुन्छ।

हामी सबै जीवनमा विजय हासिल गर्न चाहन्छौँ । हामी दुःखमा पनि विजय प्राप्त गर्न चाहन्छौँ अनि सुखमा पनि । जीवनमा जति पनि चुनौतीहरू आउँछन्, ती सबैमा हामी जित होओस् भन्ने चाहन्छौँ । तर, यदि हामी आफूले आफैँमा विजय हासिल गरेनौँ भने सबै कुरा निरर्थक हुनेछ।

यदि एकमा शून्य जोड्ने हो भने एक त एक नै रहन्छ । शून्य भनेको त्यो अनन्त चिज हो । त्यसलाई नापजाँच गर्न सकिँदैन । त्यसलाई केही पनि गर्न सकिँदैन। यदि त्यस अनन्त चिजसँग हामी जोडियौँ भने के बन्न सक्छौँ ? म एक हुँ र त्यो अनन्त शून्य हो। यदि मेरो भेट मभित्र रहेको त्यो शून्यसँग, त्यो अनन्तसँग हुन्छ भने म पनि अनन्त बन्छु । तर, यो शरीर होइन । यो त नाशवान् छ र नाशवान् नै रहनेछ।

तर, जुन भित्रको चिज छ, मभित्र जो अविनाशी बसेका छन् । यदि म उनीसँग जोडिएँ भने म पनि उनैमा समाहित हुन्छु । त्यसपछि, म पनि सबै स्थानमा हुन्छु । यदि म उनैमा लीन भएँ भने त मेरा लागि त्यही नै सबैथोक हो । यदि म लीन हुन सकिन भने त मेरो पूरै ध्यान यही माटोमा, यही शरीरमा जानेछ । यसले त एकदिन माटो नै बन्नुपर्नेछ । अनि, माटोमा गएर मिल्नु छ, चाहे हामी जेसुकै गर्ने कोशिश गरौँ ।

यहाँ के भइरहेको छ भन्ने कुरा मानिसले बुझ्न ! सबैभन्दा ठूलो कुरा त यो हो । जुन बाहिर भइरहेको छ, त्यो सत्य होइन । त्यो बदलिरहनेछ, बदलिरहनेछ तर जुन यहाँ (हृदय) भित्र भइरहेको छ त्यो साँचो हो । त्यो सत्यको अभावमा सारा कुरा अधुरो छ । यदि हामीले यो कुरालाई बुझेनौँ, यो कुरालाई जानेनौँ भने हामी यहाँ आउनुको फाइदा नै के भयो र !

जे हामी गर्छौँ त्यसबाट के कुरा स्पष्ट हुन्छ भने, हामी कहिल्यै, कतै पनि गइरहेका छैनौँ तर यो पनि साँचो होइन । एकदिन हामी सबैले जानु छ । यो कुरालाई जान्दाजान्दै पनि हामीले आफ्नो व्यवहारलाई कसरी बदलिरहन्छौँ ! यो जुन वास्तविकता छ यसलाई हामी आफ्नो जीवनमा स्वीकार गर्दैनौँ । हामीले यो सत्यतालाई स्वीकार नगरेसम्म हाम्रो जीवनमा के हुन्छ र ? हामीले अवश्य पनि जानु नै छ तर कहाँ जान्छौँ त हामी ?

महाभारतमा एउटा कथा छ । एकपटक वनमा भ्रमण गर्दै गर्दा पाँच पाण्डवलाई एकदमै धेरै तिर्खा लाग्यो । युधिष्ठिरले भाइहरूसँग भने, ‘तिमीहरूमध्ये कोही गएर पानीको खोजी गर अनि मलाई भन ।’

तब सहदेवले भने, ‘म जान्छु ।’ सहदेव गए तर फर्केर आएनन् । घण्टौँ बित्यो ! त्यसपछि नकुलले भने, ‘म जान्छु।’
यस्तो गर्दागर्दै सबै भाइहरू गए तर फर्केर आएनन् । युधिष्ठिरलाई चिन्ता भयो। उनी खोज्नका लागि हिँडे । खोज्दा–खोज्दा तलाउको किनारमा पुगे। जसै उनी पानी पिउने उद्देश्यले अघि बढे उनको आँखा भाइहरूमा प¥यो । उनीहरू त किनारामा मरिरहेका छन्। तैपनि, युधिष्ठिरले आफ्नो हात पानीमा डुबाउँदै मात्र के थिए त्यहाँ भएका गन्धर्वले भने, ‘पख ! पानी नपिऊ ! पहिला मेरो प्रश्नको उत्तर देऊ अनि मात्र म पानी पिउने अनुमति दिनेछु।’ युधिष्ठिरले भने, ‘होइन, मलाई धेरै तिर्खा लागेको छ । पानी दिनुहोस् ।’

गन्धर्वले भने, ‘तिम्रा भाइहरूले पनि मेरो कुरालाई सुनेनन् अनि पानी पिउनतिर लागे । अहिले सबै मरिरहेका छन् । तिम्रो पनि यस्तै अवस्था हुनेछ।’

तब युधिष्ठिर भन्छन्, ‘सोध्नुहोस् ! के सोध्न चाहनुहुन्छ !’ त्यसपछि गन्धर्वले थुप्रै प्रश्नहरू सोधे । त्यसमध्ये एउटा प्रश्न थियो– ‘सबैभन्दा अचम्मको चिज के हो ?’

युधिष्ठिरले भने, ‘मानिस नै यस्तो अचम्मको प्राणी हो जसलाई यो कुरा थाहा छ– उसले एकदिन मर्नुपर्छ । तर, ऊ आफू कहिल्यै पनि मर्दिन भनेजसरी जिउँछ । यसकारण मानिस अचम्मको प्राणी हो !’

यो कुरा मर्नेबारेको होइन । कुरा त बाँच्ने तरिकाका बारेमा हो । मानिस कसरी बाँचिरहेको छ ! कुरा धन कमाउने विषयमा पनि होइन । तर, जुन तरिकाले हामी कमाइरहेका छौँ, कुरा त्यसको हो । हामी त यसरी बटुलिरहेका छौँ कि मानौँ हामी यो धनलाई आफूसँगै लैजानेछौँ । यो सम्भवै नहुने कुरा हो । किनभने, हामी सबैले यहाँबाट एक न एकदिन जानुपर्छ तर हामी आपूmसँग केही पनि लिएर जान सक्दैनौँ । यदि कुनै चिजलाई लिएर जान सक्छौँ भने त्यो एउटै कुरा छ : त्यो हो– ‘शान्ति’ । जसलाई प्राप्त गर्न तपाईँले आफूले आफैँलाई चिन्नु आवश्यक छ । आफूभित्र ती परम् शक्तिलाई, त्यो शान्तिलाई अनुभव गर्नु आवश्यक छ, जसलाई हासिल गरेपछि तपाईँ वास्तवमा विजयी हुनुहुनेछ।

मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल